अभियान बारेमा
Consortium of Institutes on Family in the Asian Region (CIFA) ले आयोजना गरेको Family We-time Campaign 2025 लाई Jockey Club SMART Family-Link Project ले प्रायोजन गरेको हो भने Hong Kong Jockey Club Charities Trust ले सुरु तथा वित्त पोषित गरेको हो।
यस वर्षको अभियानमा रचनात्मक अभिव्यक्ति मार्फत परिवारहरूलाई एकता बद्ध गर्न हामी उत्साहित छौं। सहभागीहरूलाई संयुक्त राष्ट्र संघद्वारा जारी गरिएका दुई मेगाट्रेन्डहरू — नयाँ प्रविधिहरु र सहरीकरण र आप्रवासन (अन्यहरू जलवायु परिवर्तन र जनसांख्यिकीय परिवर्तनहरू हुन्) — मा केन्द्रित पारिवारिक तस्बिरहरु वा रङ्ग भर्ने कामहरु पेश गर्न आमन्त्रित गरिएको छ।
यो अभियानले यी दुई मेगाट्रेन्डप्रति जन चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ, जसले पारिवारिक सुस्वास्थ्य अभिवृद्धि गर्न परिवारहरूलाई सकारात्मक सोचसहित चुनौतीको सामना तथा समाधान गर्न प्रोत्साहन गर्दछ। विषयवस्तुहरूमा नयाँ प्रविधिको प्रभावकारी प्रयोग, सामाजिक समावेशिता र सामाजिक सञ्जाल निर्माण समेटिन सक्छन्।
छानिएका सिर्जनाहरू Family We-time Online Gallery मा रचनात्मक कोलाजमा प्रदर्शन गरिनेछ। सहभागीहरूलाई पेश गरेपछि कदरस्वरूप एक ई-प्रमाणपत्र प्रदान गरिनेछ।

पेश गर्ने जानकारी
मुख्य जानकारी
योग्यता मापदण्ड
- दुई वा बढी पुस्ता भएको परिवार
- एशियाली परिवारहरूलाई सहभागी हुन स्वागत छ
- प्रत्येक व्यक्ति अधिकतम ५ कार्यहरू पेश गर्न सक्नेछ
पेश गर्ने समयसीमा
- १४ सेप्टेम्बर २०२५, आइतबार
पेश गर्ने प्रकारहरू
- पारिवारिक फोटोहरू र / वा रङ भर्ने कलाकृति
दर्ता शुल्क
- निःशुल्क
कसरी सहभागी हुने
रङ भर्नका लागि:
- हाम्रो वेबसाइटबाट तोकिएको रंगीन पाना छान्नुहोस् र डाउनलोड गर्नुहोस्, यसलाई A4 आकारको कागज (२९७ x २१० मिमी) मा प्रिन्ट गर्नुहोस।
- तपाईंले कुनै पनि रंगभर्ने सामग्री वा रंगहरू प्रयोग गर्न सक्नुहुन्छ। कम्प्युटरबाट रंगिएको चित्र अथवा त्रि-आयामिक प्रशोधन गर्ने, जस्तै स्टिकर, ग्लिटर, क्रेप पेपर, आदि, अनुमति छैन।
- नयाँ प्रविधि वा शहरीकरण र बसाइँसराइका विषयवस्तुहरू व्यक्त गर्नको लागि रचनालाई समृद्ध बनाउन तपाईंले तोकिएको रंगीन पानामा डिजाइनहरू थप्न सक्नुहुन्छ।
फोटोग्राफीका लागि:
- तस्विरहरू मौलिक डिजिटल हुनु पर्नेछ। कम्प्युटरमार्फत गरिएका कुनै पनि सम्पादन, जस्तै थप्ने, हटाउने वा रँगमा अत्यधिक परिवर्तन स्वीकार्य हुने छैन।
- फोटोहरूले नयाँ प्रविधि वा शहरीकरण र आप्रवासनका विषयसँग मेल खानुपर्छ।
पेश गर्ने नियमहरू:
- दर्ता गरेपछि आफ्नो मौलिक डिजिटल फोटोहरू वा रङ्गाउने कामहरू JPEG, JPG, वा PNG ढाँचामा हाम्रो वेबसाइटमार्फत पेश गर्नुहोस्।
- अधिकतम पाँच वटा कृति पेश गर्न सकिन्छ। प्रत्येक फोटो वा रङ भर्ने कृतिको अधिकतम फाइल साइज 10 MB हुनुपर्छ।
नियम र सर्तहरू
- सबै कृतिहरू "Family We-time" अनलाइन दर्ता पोर्टलमा पेश गर्नुपर्नेछ। केवल JPEG, JPG वा PNG इलेक्ट्रोनिक फाइल ढाँचाहरू स्वीकार गरिनेछन्। एक पटक पेश गरेपछि यसलाई परिमार्जन, फेरबदल वा फिर्ता लिन सकिँदैन। पेश गरिएका कृतिहरूले कुनै पनि अन्य प्रतियोगिता वा कार्यक्रममा भाग लिएको हुनु हुँदैन।
- पेश गरिएका कृतिहरू मौलिक हुनुपर्छ र तेस्रो पक्षका अधिकारहरू जस्तै बौद्धिक सम्पत्ति अधिकार, गोपनीयता अधिकार वा निजता अधिकारहरू उल्लंघन गर्नु पर्नेछैन। नियम उल्लंघन गर्नेहरूलाई सहभागिताबाट बहिष्कार गरिनेछ।
- यदि पेश गरिएका कृतिहरू कुनै पनि कानूनसँग बाझिन गएमा त्यसबाट उत्पन्न सबै कानुनी जिम्मेवारी सहभागी स्वयंले ब्यहोर्नुपर्नेछ र आयोजक जिम्मेवार हुने छैन।
- सहभागीहरूले पेश गरेका कृतिहरूमा अश्लील, हिंसात्मक, नकारात्मक सन्देशहरु वा व्यवसायिक, धार्मिक वा राजनीतिक प्रचारका तत्वहरू समावेश नभएको साथै ती कृतिहरूमा मानहानि, अशिष्टता, आपत्ति जनाउने, जातीय भ्रम वा भेदभाव गर्ने किसिमका मुद्दाहरु नभएको सुनिश्चित गर्नु पर्नेछ।
- सहभागीहरूले पेश गरेका कृतिहरूमा हस्ताक्षरहरू, किनाराहरू, वाटरमार्क आदि जस्ता व्यक्तिगत जानकारी प्रतिनिधित्व गर्न सक्ने कुनै शब्द, चिन्ह वा तस्विर थप्न पाइने छैन।
- पेश गरिएका सबै कृतिहरूको प्रतिलिपि अधिकार आयोजकसँग रहेको छ। आयोजकले पेश गरिएका कृतिहरूको समीक्षा गर्ने र सहभागीहरूको पूर्व अनुमति वा कुनै पनि प्रतिलिपि अधिकार शुल्क र कानुनी जिम्मेवारी बिना गैर-व्यावसायिक उद्देश्यका लागि प्रयोग गर्ने अधिकार राख्दछ, जसमा प्रचार-प्रसार, प्रदर्शनी र मुद्रण उद्देश्यहरू पनि समावेश छन् तर सीमित छैनन्।
- सहभागीहरू आयोजकको कार्यक्रमको सम्पर्क र सूचनाको प्रसारका लागि आफ्ना व्यक्तिगत विवरणहरू प्रदान गर्न सहमत छन्। यदि सहभागीहरूले कार्यक्रमपछि व्यक्तिगत विवरण मेटाउन चाहेमा उनीहरूले आयोजकलाई इमेलमार्फत सूचित गर्नु पर्नेछ।
- सिर्जनात्मक कोलाजका रूपमा छानिएका कृतिहरूको नतिजा आयोजकको निर्णयमा आधारित हुनेछ र सहभागीहरूले आपत्ति जनाउन पाउने छैनन्। आयोजकद्वारा गरिएको निर्णय अन्तिम हुनेछ।
- सहभागीहरूले कार्यक्रमका नियमहरूलाई स्पष्ट रूपमा बुझ्नु पर्दछ र कृतिहरू पेश गर्नुको अर्थ उनीहरू यस कार्यक्रमका सबै नियम र सर्तहरू पालना गर्न र स्वीकार गर्न सहमत भएका छन् भन्ने हुन्छ। सहभागीहरूले सबै जोखिम आफैं वहन गर्नुपर्दछ र आफ्नो सुरक्षाको लागि आफैं जिम्मेवार हुनुपर्छ। कार्यक्रमको क्रममा यसबाट वा यससँग सम्बन्धित वा अन्यथा उत्पन्न हुने कुनै पनि हानि वा क्षतिको लागि आयोजक जिम्मेवार हुनेछैन।
- आयोजकले यी नियम र सर्तहरूको अन्तिम व्याख्या र संशोधन गर्ने अधिकार सुरक्षित राख्दछ।

The Jockey Club SMART Family-Link Project
The Hong Kong Jockey Club Charities Trust ले "Jockey Club SMART Family-Link Project" (JCSFL) सुरु गर्न करिब HK$३३० मिलियन स्वीकृत गरेको छ। सन् २०१८ मा सुरु गरिएको यस परियोजनाको उद्देश्य पारिवारिक सुस्वास्थ्यलाई प्रवर्द्धन गर्न सबै २६ वटा गैरसरकारी संस्थाहरू द्वारा सञ्चालित Integrated Family Service Centres र Integrated Services Centres मार्फत प्रदान गरिने सेवा वितरणलाई थप प्रभावकारी र नवीन बनाउन उन्नत सूचना तथा सञ्चार प्रविधिको उपयोग गर्नु हो। साथै, उदीयमान सेवा आवश्यकताहरूलाई सम्बोधन गर्न सक्ने पारिवारिक सेवा नव प्रवर्तनको विकासका लागि प्रविधि र डेटाको उपयोगमा क्षेत्रीय क्षमताको अभिवृद्धि गर्नु पनि यसको अर्को उद्देश्य हो।
यो परियोजनाले सामाजिक सेवा क्षेत्रमा डिजिटल परिवर्तन प्रवर्द्धन गर्नका लागि NGO र शैक्षिक संस्था बीचको बहु-विषयगत प्रयास र सहकार्यलाई एक जुट गर्दछ। मुख्य अङ्गहरूमा i-Connect प्रणालीको कार्य क्षमताहरूमा अभिवृद्धि गर्ने, मिश्रित सेवाहरूको विकास गर्ने, डिजिटल क्षमता निर्माण बढाउने, र सेवा रूपान्तरण र समृद्धिको लागि NGOs मा सेवा डेटाबाट डेटा विश्लेषण सञ्चालन गर्ने समावेश छ।
परियोजनाका साझेदार संस्थाहरूमा University of Hong Kong (Department of Computer Science, School of Nursing and Department of Social Work and Social Administration); Hong Kong Baptist University (Department of Social Work); Caritas - Hong Kong; Hong Kong Family Welfare Society; Hong Kong Christian Service; International Social Service - Hong Kong Branch; Christian Family Service Centre; The Hong Kong Catholic Marriage Advisory Council; Hong Kong Children and Youth Services; St. James' Settlement; Tung Wah Group of Hospitals; Hong Kong Sheng Kung Hui Welfare Council; र The Neighbourhood Advice-Action Council समावेश छन्।
थप विवरणको लागि कृपया www.jcsmartfamilylink.hk मा भ्रमण गर्नुहोस्।

The Hong Kong Jockey Club Charities Trust
The Hong Kong Jockey Club ले परोपकारी कार्यहरूमा दान दिँदै आएको लामो परम्परा सन् १९१५ देखि प्रारम्भ गरेको थियो। तर यो भूमिकाले सन् १९५० को दशकमा विशेष महत्व पायो, जब हङकङले युद्धपछिको पुनर्निर्माण र ठूलो मात्रामा आप्रवासीहरूको आगमनसँग जुध्नुपर्ने थियो। सन् १९५५ मा Club ले हरेक वर्षको बचत रकम दान तथा सामुदायिक परियोजनाहरूमा खर्च गर्ने निर्णय गर्यो। त्यसपछि सन् १९५९ मा दान कार्य सञ्चालन गर्न "Hong Kong Jockey Club (Charities) Ltd" नामक छुट्टै कम्पनी गठन गरियो। सन् १९९३ मा दानको रूप, दायरा र प्रकृति परिवर्तन भइरहेको कुरालाई प्रतिबिम्बित गर्न "The Hong Kong Jockey Club Charities Trust" नामक नयाँ संस्थाको स्थापना गरियो। आज Charities Trust विश्वका शीर्ष १० परोपकारी संस्थाहरू मध्ये एक हो।
सामुदायिक क्षेत्रमा ट्रस्टद्वारा गरिने ठूलो परिमाणको दान क्लबको अद्वितीय एकीकृत व्यापार मोडेलले सम्भव बनाएको हो, जसमा दौड तथा रेसकोर्स मनोरञ्जन, सदस्यता क्लब, जिम्मेवार खेल सट्टा बाजी तथा लटरी, साथै दान र सामुदायिक योगदान समावेश छन्। कर तिरे पश्चात् क्लबको वार्षिक सञ्चालन मुनाफाको झन्डै ९०% Trust मा दान गरिन्छ, जसले समुदायको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ।
सरकार, गैरसरकारी संघसंस्था (NGOs), दातृ संस्थाहरू र सामुदायिक साझेदारहरूसँग सहकार्य गर्दै, Trust ले हङकङका जनताको जीवनस्तर सुधार्न प्रतिबद्धता जनाएको छ। एक परोपकारी संस्थाको रूपमा Trust ले आवश्यक पर्ने सामाजिक र सामुदायिक आवश्यकताहरू पहिचान गरी तिनिहरूलाई सम्बोधन गर्ने परियोजनाहरू यथासिघ्र अगाडि बढाउँछ।
हङकङको परिवर्तनशील आवश्यकतालाई ध्यानमा राख्दै, सन् २०२२–२०२५ त्रैवार्षिक अवधिमा Trust को रणनीति केन्द्रभित्र पाँचवटा प्राथमिक क्षेत्रहरू समावेश छन् – सकारात्मक बृद्धावस्था र वृद्धसेवा; युवा विकास र गरिबी निवारण; स्वस्थ समुदाय; क्षमता र क्षेत्र विकास; र खेलकुद तथा संस्कृति। दिगो विकासको महत्त्वलाई स्वीकार गर्दै, Trust ले दिगोपनलाई छैटौँ प्राथमिकता क्षेत्रको रूपमा विकास गरिरहेको छ।

CIFA
CIFA हङकङको कानुन अन्तर्गत सीमित दायित्वसहित दर्ता गरिएको कम्पनी र एक गैर-नाफामूलक संस्था हो। यो एक स्वतन्त्र संस्था हो, जसले "पारिवारिक सुस्वास्थ्यको लागि पेशागत बुद्धिमत्ताको समागम" भन्ने लक्ष्य साझा गर्ने संस्थाहरू र पेशेवरहरूबीच क्षेत्रीय सञ्जाल निर्माण र सहकार्यका लागि एक प्लेटफर्म प्रदान गर्दछ। यसको कार्य अनुसन्धान र प्रशिक्षण पहलहरूमा पारस्परिक हितको समर्थन र सुदृढीकरण गर्नुका साथै एसियाली क्षेत्रका लागि अद्वितीय परिवारहरूमा चिकित्सकीय अनुभवहरू र नीति निर्माण साझा गर्नु हो।
CIFA को उद्घाटन समारोह र पहिलो संगोष्ठी सन् २००८ मा The University of Hong Kong मा आयोजना गरिएको थियो। त्यसपछि Tokyo, Singapore, Shanghai, Seoul र Taiwan मा द्विवार्षिक क्षेत्रीय संगोष्ठीहरू आयोजना गरिएको थियो, प्रत्येकले औसतमा ४०० भन्दा बढी सहभागीहरूलाई आकर्षित गरेको थियो। अन्य प्रमुख गतिविधिहरूमा देशबाहिर गरिने अनुसन्धानहरू, तालिम कार्यक्रमहरू, Asian Award for Advancing Family Well-Being (3A Project), प्रचार-प्रसार तथा कोष संकलन कार्यक्रमहरू, साथै वेबसाइट र CIFA-NET समाचारपत्रमार्फत सूचनाको प्रसार समावेश छन्।
सन् २०१४ मा CIFA र United Nations बीच सम्पर्क स्थापित भएपछि UN का प्रतिनिधिहरूले विभिन्न अवसरहरूमा CIFA का कार्यक्रमहरूमा सहभागीता जनाउँदै आएका छन्, जसमा सन् २०१६ मा कोरियामा आयोजित क्षेत्रीय संगोष्ठी, सन् २०१७ मा 3A Project अन्तर्गतको अन्तरक्रिया कार्यक्रम र परिवार सद्भावको लागि च्यारिटी कन्सर्ट (Charity Concert For Family Harmony) साथै २०१८ मा हङकङमा आयोजित एसियाली परिवार शिखर सम्मेलन (Asian Family Summit) समावेश छन्। अन्ततः सन् २०२१ मा United Nations ले विशेष परामर्शदाता दर्जा (Special Consultative Status) प्रदान गरेसँगै CIFA ले औपचारिक मान्यता प्राप्त गर्यो, जसले यसलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरायो र परिवार कल्याण प्रवर्द्धन गर्ने विश्वव्यापी प्रयासहरूमा थप संलग्न र सक्रिय रूपमा योगदान दिन थाल्यो। विशेष गरी एशियाली दृष्टिकोणबाट, जुन क्षेत्र विश्व मामिलामा झनै सक्रिय र महत्वपुर्ण बन्दै गएको छ।
United Nations ले अन्तर्राष्ट्रिय परिवार वर्ष (International Year of the Family) को ३० औँ वार्षिकोत्सव मनाउन आह्वान गरेअनुसार, CIFA ले एसियामा विभिन्न कार्यक्रमहरूको आयोजना र समन्वय गर्दै सक्रिय भूमिका निर्वाह गरेको छ। जसमा एसियामा जनसंख्याको वृद्धावस्थामा जनसांख्यिकीय परिवर्तनहरू सम्बन्धी विशेषज्ञ समूहको बैठक (Expert Group Meeting on Demographic Changes on Ageing of Population in Asia), परिवार हामी-समय अभियान (Family We-Time Campaign) र एसियाली परिवार शिखर सम्मेलन २०२४ (Asian Family Summit 2024) लगायत अन्य कार्यक्रमहरू समावेश छन्, जसले संयुक्त राष्ट्रसंघबाट अत्यन्त सकारात्मक प्रतिक्रिया र सहयोग प्राप्त गरेका छन्।
थप जानकारीका लागि कृपया https://www.cifa-net.org/ भ्रमण गर्नुहोस्।

प्रायोजक
Consortium of Institutes on Family in the Asian Region (CIFA) द्वारा आयोजित Family We-time Campaign 2025 सहित Jockey Club Professional Development Initiatives on Family Services का अन्य कार्यक्रमहरू Jockey Club SMART Family-Link Project द्वारा प्रायोजित गरिएको हो भने Hong Kong Jockey Club Charities Trust द्वारा सुरु र वित्त पोषित गरिएका हो।