*हामीसँग सहभागी हुनुहोस्! आजै आफ्नो फोटोहरू र रंगभर्ने सिर्जनाहरू पेश गर्नुहोस्!*
Key Visual

अभियान बारेमा

Consortium of Institutes on Family in the Asian Region (CIFA) ले आयोजना गरेको Family We-time Campaign 2025 लाई Jockey Club SMART Family-Link Project ले प्रायोजन गरेको हो भने Hong Kong Jockey Club Charities Trust ले सुरु तथा वित्त पोषित गरेको हो।

यस वर्षको अभियानमा रचनात्मक अभिव्यक्ति मार्फत परिवारहरूलाई एकता बद्ध गर्न हामी उत्साहित छौं। सहभागीहरूलाई संयुक्त राष्ट्र संघद्वारा जारी गरिएका दुई मेगाट्रेन्डहरू — नयाँ प्रविधिहरुसहरीकरण र आप्रवासन (अन्यहरू जलवायु परिवर्तन र जनसांख्यिकीय परिवर्तनहरू हुन्) — मा केन्द्रित पारिवारिक तस्बिरहरु वा रङ्ग भर्ने कामहरु पेश गर्न आमन्त्रित गरिएको छ।

यो अभियानले यी दुई मेगाट्रेन्डप्रति जन चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ, जसले पारिवारिक सुस्वास्थ्य अभिवृद्धि गर्न परिवारहरूलाई सकारात्मक सोचसहित चुनौतीको सामना तथा समाधान गर्न प्रोत्साहन गर्दछ। विषयवस्तुहरूमा नयाँ प्रविधिको प्रभावकारी प्रयोग, सामाजिक समावेशिता र सामाजिक सञ्जाल निर्माण समेटिन सक्छन्।

छानिएका सिर्जनाहरू Family We-time Online Gallery मा रचनात्मक कोलाजमा प्रदर्शन गरिनेछ। सहभागीहरूलाई पेश गरेपछि कदरस्वरूप एक ई-प्रमाणपत्र प्रदान गरिनेछ।

पेश गर्ने जानकारी

मुख्य जानकारी

योग्यता मापदण्ड

  • दुई वा बढी पुस्ता भएको परिवार
  • एशियाली परिवारहरूलाई सहभागी हुन स्वागत छ
  • प्रत्येक व्यक्ति अधिकतम ५ कार्यहरू पेश गर्न सक्नेछ

पेश गर्ने समयसीमा

  • १४ सेप्टेम्बर २०२५, आइतबार

पेश गर्ने प्रकारहरू

  • पारिवारिक फोटोहरू र / वा रङ भर्ने कलाकृति

दर्ता शुल्क

  • निःशुल्क

कसरी सहभागी हुने

रङ भर्नका लागि:
  1. हाम्रो वेबसाइटबाट तोकिएको रंगीन पाना छान्नुहोस् र डाउनलोड गर्नुहोस्, यसलाई A4 आकारको कागज (२९७ x २१० मिमी) मा प्रिन्ट गर्नुहोस।
  2. तपाईंले कुनै पनि रंगभर्ने सामग्री वा रंगहरू प्रयोग गर्न सक्नुहुन्छ। कम्प्युटरबाट रंगिएको चित्र अथवा त्रि-आयामिक प्रशोधन गर्ने, जस्तै स्टिकर, ग्लिटर, क्रेप पेपर, आदि, अनुमति छैन।
  3. नयाँ प्रविधि वा शहरीकरण र बसाइँसराइका विषयवस्तुहरू व्यक्त गर्नको लागि रचनालाई समृद्ध बनाउन तपाईंले तोकिएको रंगीन पानामा डिजाइनहरू थप्न सक्नुहुन्छ।
फोटोग्राफीका लागि:
  1. तस्विरहरू मौलिक डिजिटल हुनु पर्नेछ। कम्प्युटरमार्फत गरिएका कुनै पनि सम्पादन, जस्तै थप्ने, हटाउने वा रँगमा अत्यधिक परिवर्तन स्वीकार्य हुने छैन।
  2. फोटोहरूले नयाँ प्रविधि वा शहरीकरण र आप्रवासनका विषयसँग मेल खानुपर्छ।
पेश गर्ने नियमहरू:
  1. दर्ता गरेपछि आफ्नो मौलिक डिजिटल फोटोहरू वा रङ्गाउने कामहरू JPEG, JPG, वा PNG ढाँचामा हाम्रो वेबसाइटमार्फत पेश गर्नुहोस्।
  2. अधिकतम पाँच वटा कृति पेश गर्न सकिन्छ। प्रत्येक फोटो वा रङ भर्ने कृतिको अधिकतम फाइल साइज 10 MB हुनुपर्छ।

नियम र सर्तहरू

  1. सबै कृतिहरू "Family We-time" अनलाइन दर्ता पोर्टलमा पेश गर्नुपर्नेछ। केवल JPEG, JPG वा PNG इलेक्ट्रोनिक फाइल ढाँचाहरू स्वीकार गरिनेछन्। एक पटक पेश गरेपछि यसलाई परिमार्जन, फेरबदल वा फिर्ता लिन सकिँदैन। पेश गरिएका कृतिहरूले कुनै पनि अन्य प्रतियोगिता वा कार्यक्रममा भाग लिएको हुनु हुँदैन।
  2. पेश गरिएका कृतिहरू मौलिक हुनुपर्छ र तेस्रो पक्षका अधिकारहरू जस्तै बौद्धिक सम्पत्ति अधिकार, गोपनीयता अधिकार वा निजता अधिकारहरू उल्लंघन गर्नु पर्नेछैन। नियम उल्लंघन गर्नेहरूलाई सहभागिताबाट बहिष्कार गरिनेछ।
  3. यदि पेश गरिएका कृतिहरू कुनै पनि कानूनसँग बाझिन गएमा त्यसबाट उत्पन्न सबै कानुनी जिम्मेवारी सहभागी स्वयंले ब्यहोर्नुपर्नेछ र आयोजक जिम्मेवार हुने छैन।
  4. सहभागीहरूले पेश गरेका कृतिहरूमा अश्लील, हिंसात्मक, नकारात्मक सन्देशहरु वा व्यवसायिक, धार्मिक वा राजनीतिक प्रचारका तत्वहरू समावेश नभएको साथै ती कृतिहरूमा मानहानि, अशिष्टता, आपत्ति जनाउने, जातीय भ्रम वा भेदभाव गर्ने किसिमका मुद्दाहरु नभएको सुनिश्चित गर्नु पर्नेछ।
  5. सहभागीहरूले पेश गरेका कृतिहरूमा हस्ताक्षरहरू, किनाराहरू, वाटरमार्क आदि जस्ता व्यक्तिगत जानकारी प्रतिनिधित्व गर्न सक्ने कुनै शब्द, चिन्ह वा तस्विर थप्न पाइने छैन।
  6. पेश गरिएका सबै कृतिहरूको प्रतिलिपि अधिकार आयोजकसँग रहेको छ। आयोजकले पेश गरिएका कृतिहरूको समीक्षा गर्ने र सहभागीहरूको पूर्व अनुमति वा कुनै पनि प्रतिलिपि अधिकार शुल्क र कानुनी जिम्मेवारी बिना गैर-व्यावसायिक उद्देश्यका लागि प्रयोग गर्ने अधिकार राख्दछ, जसमा प्रचार-प्रसार, प्रदर्शनी र मुद्रण उद्देश्यहरू पनि समावेश छन् तर सीमित छैनन्।
  7. सहभागीहरू आयोजकको कार्यक्रमको सम्पर्क र सूचनाको प्रसारका लागि आफ्ना व्यक्तिगत विवरणहरू प्रदान गर्न सहमत छन्। यदि सहभागीहरूले कार्यक्रमपछि व्यक्तिगत विवरण मेटाउन चाहेमा उनीहरूले आयोजकलाई इमेलमार्फत सूचित गर्नु पर्नेछ।
  8. सिर्जनात्मक कोलाजका रूपमा छानिएका कृतिहरूको नतिजा आयोजकको निर्णयमा आधारित हुनेछ र सहभागीहरूले आपत्ति जनाउन पाउने छैनन्। आयोजकद्वारा गरिएको निर्णय अन्तिम हुनेछ।
  9. सहभागीहरूले कार्यक्रमका नियमहरूलाई स्पष्ट रूपमा बुझ्नु पर्दछ र कृतिहरू पेश गर्नुको अर्थ उनीहरू यस कार्यक्रमका सबै नियम र सर्तहरू पालना गर्न र स्वीकार गर्न सहमत भएका छन् भन्ने हुन्छ। सहभागीहरूले सबै जोखिम आफैं वहन गर्नुपर्दछ र आफ्नो सुरक्षाको लागि आफैं जिम्मेवार हुनुपर्छ। कार्यक्रमको क्रममा यसबाट वा यससँग सम्बन्धित वा अन्यथा उत्पन्न हुने कुनै पनि हानि वा क्षतिको लागि आयोजक जिम्मेवार हुनेछैन।
  10. आयोजकले यी नियम र सर्तहरूको अन्तिम व्याख्या र संशोधन गर्ने अधिकार सुरक्षित राख्दछ।